Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीमा आज नयाँ सरकार : लिलालाई चिप्लाएर चेतनारायण मुख्यमन्त्री बन्दै
    प्रमुख समाचार

    लुम्बिनीमा आज नयाँ सरकार : लिलालाई चिप्लाएर चेतनारायण मुख्यमन्त्री बन्दै

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ श्रावण ७, सोमबार १२:३८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ७ साउन । लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ । अल्पमतमा परेको लुम्बिनीका मुख्यमन्त्रीले जोखबहादुर महराले राजीनामा दिएपछि काँग्रेस-एमालेको समीकरण अनुसार नयाँ सरकार गठन हुने भएको हो ।

    महराले आइतबार राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सोमबार साँझ साढे ६ भित्र नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए । सरकार गठनको आह्वान सँगै काँग्रेस-एमाले समीकरणबाट सहमती अनुसार एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । जसका लागि सोमबार बिहानसम्म एमाले संसदीय दलका नेता लिला गिरीले बहुमत प्रदेशसभा सदस्यको दस्तखतसहित दिउँसो प्रदेशप्रमुख समक्ष मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी थियो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    तर, एमालेको गुटगत राजनीतिका कारण अन्तिम समयमा गिरीलाई चिप्लाएर संसदीय दलका उपनेता चेतनारायण आचार्यले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दावी पेश गर्ने भएका छन् । पार्टीमा गिरी एमाले उपाध्यक्ष विष्णु पौडेल र आचार्य एमाले महासचिव शंकर पोखरले गुटका मानिन्छन् । एमाले प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन लागिएको बताए । ‘लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यलाई बनाउने निर्णय भएको छ’, उनले भने, ‘सोही अनुसार दिउँसो करिब १-२ बजेतिर मुख्यमन्त्रीमा दावी पेश गर्न जादैछौँ ।’

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनको लागि ४४ मत आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९ र कांग्रेसको २७ प्रदेशसभा सदस्य छन् । जसकारण लुम्बिनीमा सहजै काँग्रेस-एमाले गठबन्धनको सरकार बन्ने देखिएको छ । सत्तामा जानका लागि साना दलले मरिहत्ते गरिरहेकोले काँग्रेस-एमाले गठबन्धनले साना दलहरुलाई पनि साथमा लिएर अघि बढ्ने देखिएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेकपा एमाले मुख्यमन्त्री राजनीति लुम्बिनी प्रदेश
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.