
भैरहवा, ७ साउन । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएका छन् ।
सोमबार बसेको बढुवा समितिको बैठकले जोशीलाई एआईजीमा सिफारिस गर्ने निर्णय गरेको हो । एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश पाएपछि उक्त पद रिक्त थियो । सोही रिक्त पदमा जोशीलाई बढुवा सिफारिस गरिएको हो। डीआईजी जोशी हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको रुपमा कार्यरत छन् ।
Advertisement

Advertisement
Advertisement


कमेन्ट गर्नुस्

