
भैरहवा, ८ साउन । नेपाल प्रहरीका डीआईजी पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । एआईजीमा बढुवा सिफारिस भएपनि नियुक्ति नदिएकोका कारण डीआईजीबाटै अवकाश भएको भन्दै पोखेरलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । तर, सर्वोच्च अदालत प्रशासनले रिट दरपिठ गरेको थियो । रिट दरपिठ भएपछि उनले दरपीठविरुद्ध अर्को निवेदन दिएपछि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको माग बमोजिम रिट निवेदन दर्ता गर्न मंगलबार आदेश दिएको छ ।
पोखरेल एआईजीमा बढुवा भएको भए असार २० र २१ गते गरी उनी दुई दिनका लागि एआईजी हुने थिए । तर, त्यहीबीचमा सत्ता साझेदार दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी बढुवामा कुनै निर्णय नगर्दा असार १९ गतेदेखि उनी डीआईजीमै अवकाशमा जानु पर्यो । बढुवा समितिले बढुवाका लागि सिफारिस गरेपनि सरकारले बढुवा नगरेको कारण डीआईजीमा अवकाश पाएको भन्दै पोखरेलले प्रधानमन्त्री कार्यालय समेतलाई प्रतिवादी बनाउँदै सर्वोच्च अदालत पुगेका थिए ।
Advertisement

Advertisement
Advertisement


