
भैरहवा, ९ साउन । लुम्बिनी प्रदेशमा नौ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मुख्यमन्त्री र मन्त्रीहरुले प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले काँग्रेस र एमालेबाट विना विभागीयको रुपमा आठ जनालाई मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।
आचार्यले काँग्रेस र एमालेबाट चार-चार जनालाई मन्त्रीमा नियुक्त गरेका छन् । एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका छन् । त्यस्तै कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्रीको बनेका छन् ।
Advertisement

Advertisement
Advertisement

लुम्बिनी प्रदेशका साना दललाई पनि सरकार समेट्ने प्रयास भइरहेकोले केही दिनपश्चात मन्त्रीहरुको जिम्मेवारी तोक्ने बताइएको छ ।लुम्बिनीमा एमाले–कांग्रेसका ५६ जना सांसदको समर्थनमा सोमबार एमाले संसदीय दलका उपनेता आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

