
काठमाडौं, ९ साउन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखरा उडान गर्ने क्रममा विमान दुर्घटनामा भएको बताइएको छ । ९ एनए एमई कलसाइनको भएको विमान दुर्घटना भएको हो ।
अग्नि नियन्त्रक र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । विमानमा सवारहरुको अवस्था अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

