
भैरहवा, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा चालकदल सहित १९ जना सवार भएको खुलेको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार ९ एन एएमई कलसाइन भएको उक्त विमान बुधवार काठमाण्डौँबाट पोखराका लागि उडान भरेसँगै दुर्घटना भएको बताइएको छ ।
दुर्घटनाग्रस्त विमानका क्याप्टेन मनिष शाक्यलाई उद्दार गरी उपचारका लागि केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कमेन्ट गर्नुस्

