
भैरहवा, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । साथै एक जना अस्पतालमा उपचारत अवस्थामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । घाइते भएका व्यक्ति विमानका पाइलट हुन् । विमानमा १९ जना सवार थिए ।
‘सौर्य एयरलाइन्सको (नाइन एन एएमई) विमान बुधवार बिहान ११ः११ बजे पोखरा उडानका क्रममा उड्ने बित्तिकै दाहिने तिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो’ विमानस्थल कार्यालयको खोज तथा उद्दार समन्वय केन्द्रद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘तत्कालै उद्दार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा एक जनाको घाइतेलाई उद्दार गरी अस्पतालमा पुर्याइएको छ ।’
Advertisement

Advertisement
Advertisement



