
भैरहवा, ९ साउन । सरकारले काठमाण्डौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्ने भएको छ । इन्जिन परिक्षणका लागि काठमाण्डौँबाट पोखराका लागि उडान भरेलग्त्तै विमान दुर्घटना भएको थियो । विमानमा चालक दलसहित सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका विमानका पाइलट मनिष शाक्य अस्पतालमा उपचारत अवस्थामा छन् ।
विमान दुर्घटना भएपश्चात विमानस्थलमा निरीक्षणका लागि पुगेका संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विमान दुर्घटनाबारे छानबिन गरिने बताए । ‘घटना दुःखद छ। दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति सरकार दुःख व्यक्त गर्दछ’, उनले भने, ‘प्रारम्भिक जानकारी लिएका छौं। छिट्टै छानबिन हुन्छ।’ त्यस्तै प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक पनि विमानस्थलमा पुगेर घटनाबारे जानकारी लिएका थिए ।
Advertisement

Advertisement
Advertisement


