
भैरहवा, ११ साउन । सौर्य एयरलाइन्सले बुधवार काठमाण्डौँको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाले अकल्पनीय क्षति भएको उल्लेख गर्दै पीडित परिवारलाई सक्दो सहयोग गर्ने जनाएको छ । शुक्रवार सौर्य एयरलाइन्स प्रा.लि.ले विज्ञप्ती जारी गर्दै एउटै परिवारका रूपमा रही काम गर्दै आएका व्यक्तिहरूको अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत भएको भन्दै कम्पनीले यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न नसकिने बताएको छ ।
‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्भाव सधैं रहने विश्वास दिलाउँछौ’, प्रा.लि.का अध्यक्ष दीपक कुमार पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका लागि उहाँहरूले निष्ठापूर्वक पुर्याउनु भएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधैँ जीवन्त एवं चिर स्मरणीय इतिहासका रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौं ।’ साथै कम्पनीले दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
Advertisement

Advertisement
Advertisement



