
भैरहवा, १२ साउन । नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी मनोज केसीको सरुवा भएको छ । गृहमन्त्री स्तरीय निर्णयबाट केसीलाई ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ भने प्रहरी प्रतिष्ठानका डीआईजी राजन अधिकारीलाई ब्युरोमा ल्याइएको छ ।
डीआईजी केसीले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापालाई पक्राउ गरेका थिए र बेचन झालाई पनि पक्राउ गर्न उनको टिमले सहयोग गरेको आशंका गरिएको थियो । तत्कालिन गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्त कुवँरलाई बाईपास गरेर सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवाली र केसीकै सहयोगमा प्रहरी संगठन चलाएको आरोप छ । दुई महिना अघि केसीको विशेष ब्यूरोमा सरुवा भएको थियो ।
Advertisement

Advertisement
Advertisement


