
काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीको सरुवाको विषयमा प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्म्कि समयमा लिएर बोल्दै सांसद ढकालले डीआईजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गरेका छन् ।
उनले भने, ‘ विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो ? दुई दिन भित्रमा किन र के कारण ? के उद्देश्यका लागी सरुवा गरिएको हो । यसको गृहमन्त्रीले उत्तर दिनुपर्ने हुन्छ ।’गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी केसीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा गरिएको छ भने प्रतिष्ठानका डीआईजी राजन अधिकारीलाई ब्युरोमा ल्याइएको छ ।
Advertisement

Advertisement
Advertisement


