
काठमाडौं, १४ साउन । सोमबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार १ लाख ४५ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सुनसँगै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आइतबार दिन प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

