
काठमाण्डौँ, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाण्डौँमा पार्टीका जिल्ला अध्यक्षहरुको भेला गर्ने भएको छ । अगामी साउन १७ र १८ गते हुने भेलाको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले साउन १७ गते धुम्बाराहीमा भेलाको उदघाटन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङ्ले बताए ।
उनका अनुसार भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको गम्भीर समिक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिनेछ । त्यस्तै पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी बैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन सम्पन्न गर्ने साथै ०८४ मा हुने तीन तहकै निर्वाचनको तयारीमा अहिलेदेखि कस्तो रणनीति तय हुने भन्ने विषयमा पनि छलफल हुने सचिवालय प्रमुख गुरुङ्ले बताए ।
Advertisement

Advertisement
Advertisement


