
भैरहवा, १५ साउन । रुपन्देही प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–६ का मोइल भन्ने मुवारक मिर मुसलमान रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी लक्ष्मी खनालका अनुसार पक्राउ परेका मुसलमानलाई सर्वोच्च अदालतले ०६६ फागुन ११ गते जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै दश वर्ष कैद सजाएको फैसला सुनाएको थियो । त्यसयता फरार रहेका उनलाई प्रहरी चौकी पिप्रहवाबाट खटिएको टोलीले सोमबार पक्राउ गरी जिल्ला अदालतमा रुपन्देहीमा कैद भुक्तानका लागि पेश गरीएको उनले बताइन् ।
Advertisement

Advertisement
Advertisement


