Close Menu
    What's Hot

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    प्रमुख समाचार

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:४० गते0
    प्रमुख समाचार

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते0
    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » छाती दुख्यो : मुटुको कि ग्यास्ट्राइटिस समस्या ! कसरी छुट्याउने ?
    प्रमुख समाचार

    छाती दुख्यो : मुटुको कि ग्यास्ट्राइटिस समस्या ! कसरी छुट्याउने ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ श्रावण १५, मंगलवार १२:४८ गते
    advertisement
    advertisement
    advertisement

    धेरै बिरामी छाती दुख्यो भने मुटुको समस्या हो कि भनेर मुटु रोग विशेषज्ञकहाँ पुग्छन् । केही छातीरोग विशेषज्ञको पनि पुग्छन् । त्यहाँ पुगेर सम्पूर्ण जाँच गर्दा पनि समस्या समाधान नभएपछि अन्तिममा पेट तथा कलेजोरोग विशेषज्ञकहाँ आइपुग्छन् । सबै छाती दुखाइ मुटुरोग तथा छातीरोगले मात्र हुँदैन ।

    केही छाती दुखाइ ग्यास्ट्राइटिसको कारणले पनि हुन्छ । त्यसैले यी दुईको लक्षणलाई थाहा पाउन सकियो भने समस्याको समाधान छिटो हुन्छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    छाती दुखाइ मुटुकै समस्या हो कि ग्यास्ट्राइटिस कसरी छुट्याउने ?

    ग्यास्ट्राइटिसको दुखाइ र मुटुको दुखाइ कहिलेकाहीं छुट्याउन गाह्रो हुन्छ । कहिलेकाहीं ईसीजी नगरी केको दुखाइ हो छुट्याउन गाह्रो हुन्छ । प्रायः जस्तो मुटुको दुखाइ खप्नै नसक्ने गरी भारी भएर केहीले थिचेको जसरी दुख्छ । यो ठाउँमा दुखेको छ भनेर देखाउन पनि गाह्रो हुन्छ । दुखाइ देब्रे कुम वा हाततिर सरेको छ भने त्यो मुटुको दुखाइ हो । हिंडडुल गर्दा त्यो दुखाइ बढ्छ भने त्यो पनि मुटुको दुखाइ हो ।

    छातीको मध्यभाग दुखाइ भन्दा बढी पोल्ने खालको हुन्छ । मुखमा अमिलो पानी आउँछ । घाँटीमा केही अड्केको जस्तो हुन्छ । करङको बीच भागबाट दुखाइ सुरु भएर माथितिर सर्दै आएको छ भने त्यो ग्यास्ट्राइटिसको दुखाइ हो ।

    ग्यास्ट्राइटिसमा कस्तो अवस्थामा दुखाइ हुन्छ ?

    लामो समयदेखि ग्यास्ट्राइटिसको समस्या भएका व्यक्ति जसले पटक पटक औषधि पसलबाट ग्यास्ट्राइटिसको औषधि किनेर खान्छन् तर चिकित्सकको सल्लाह लिंदैनन् भने उनीहरूमा माथि उल्लेख गरे जस्तो प्रकारको दुखाइ हुन सक्छ ।

    आजभोलि मानिसहरू कामको व्यस्तताको कारण ढिलो घर पुग्छन् र खाना खाएर ओछ्यानमा पल्टिहाल्छन् । खाएको खाना मुख खाद्यनली हुँदै पेट, आन्द्रामा गएर पाचन हुने हो । तर खाना खाने बित्तिकै सुत्दा खाना राम्ररी पच्दैन र ग्यास्ट्राइटिसको समस्या हुन्छ । रातको समयमा हाम्रो पाचन प्रणाली बिहान र दिउँसोको तुलनामा अलि कमजोर हुन्छ । यस्तोमा राति ढिलो खाना खाएपछि त्यो खाना राम्ररी पच्दैन र माथितिर नै फर्किन्छ । जसले गर्दा ‘इसोफेगस’ भनिने पेट र घाँटी जोडिने खाद्यनली चहर्‍याउने, त्यहाँ घाउ हुने तथा त्यसले गर्दा नै दुख्ने हुन्छ ।

    बिहानको समयमा खाएको खाना छिटो र राम्ररी पच्छ भने बेलुकाको समयमा खाएको खाना ढिलो पच्छ । जसरी दिनभरिमा हाम्रो शरीर थाक्छ त्यसरी नै पाचन प्रणाली पनि थकित हुन्छ अर्थात् ‘स्लो मेटाबोलिज्म’ (पाचन पनि कमजोर) हुन्छ । पेटको खाना राम्ररी पच्न एकदेखि चार घण्टा लाग्छ । खाना पेटबाट आन्द्रामा पुग्ने समय कम्तीमा पनि एक घण्टा हो । त्यसअघि खाना पेटबाट आन्द्रामा खासै जाँदैन । यस्तोमा राति खाना खाने बित्तिकै पल्टिंदा खाना राम्ररी पच्दैन र ग्यास्ट्राइटिसको समस्या निम्तिन्छ ।

    जस्तो कहिलेकाहीं पेटको अम्ल बढाउने (अमिलो वा निकै चिल्लो) खानेकुरा खाएको बेला, कहिले खाना खाएलगत्तै सुतेको अवस्थामा अम्ल बढ्ने वा घाँटीतिर अमिलो पानी हुलुक्क आउने हुनसक्छ । यतिबेला पेटको अम्लयुक्त खाना मध्य छाती वा घाँटीसम्म आइपुग्छ । यस्तो अवस्थालाई रिफ्लक्स (ग्यास्ट्रिक एसोफेगल रिफ्लक्स डिजिज) भनिन्छ ।ग्यास्ट्राइटिसमा हुने दुखाइ खानासँग परिवर्तन हुन्छ । खाना खाने बित्तिकै पेटमा अम्ल निस्कन्छ, त्यसले दुखाइ झन् बढ्ने हुन्छ । खाना नखाएको बेला दुखाइ कम भएको जस्तो हुन्छ । अर्कोतिर प्यान्क्रियाजबाट खाना पचाउने इन्जाइम (पाचनरस) निस्कन्छ । त्यसले अम्ललाई सामान्य बनाउँछ र खाना खाएपछि दुखाइ कम भएको जस्तो हुन्छ ।

    कुनै पनि खानेकुरा रातको समयमा धेरै मात्रामा खाइन्छ भने त्यसले पाचन प्रणालीलाई कमजोर बनाउँछ । त्यसैले पहिले सूर्यास्तपछि खानु हुँदैन भन्ने थियो । सूर्यास्तपछिको खाना विष समान हुन्छ भन्ने गरिन्थ्यो । अहिलेको ‘इन्टरमिटेन्ट फास्टिङ’ पनि यही कुराबाट आधारित छ । राति अबेरसम्म काम गर्ने व्यक्तिले चिया, बिस्कुट, चाउचाउ चिप्स खाने गर्छन् । यस्ता खानेकुरा यसै पनि पाचन प्रणालीको लागि राम्रो होइन, झन् रातको समयमा खाँदा त्यसले अझै बढी नकारात्मक असर गर्छ ।

    दुखाइ कम गर्न के गर्ने ?

    लामो समय खाली पेट बस्दा वा एकै पटक धेरै खाना खाँदा पनि समस्या हुन्छ । त्यसैले थोरैथोरै पटक पटक खानुपर्छ । जसले गर्दा पाचन प्रणाली राम्रो हुन्छ र ग्यास्ट्राइटिसको समस्या निम्तिंदैन । लामो समयसम्म खानाको सन्तुलन नमिल्दा पनि ग्यास्ट्राइटिसको समस्या निम्तिन्छ । हाम्रो शरीर विकास हुँदै गर्दा हाम्रो शरीरका अंगहरु पनि विकास हुन्छ । ४० वर्षको उमेरमा २० वर्षको उमेरमा जत्तिकै खानेकुरा पचाउन सकिंदैन । त्यसैले बढ्दो उमेरसँगै खानाको मात्रा घटाउने तर बारम्बार खाने गर्नुपर्छ । ग्यास्ट्राइटिस तथा मुटुको समस्याबाट बच्न धेरै मसालेदार खानेकुरा र प्याकेटबन्द खानेकुरा, जंकफुड खानु हुँदैन । अनावश्यक रूपमा ब्रुफेन, फ्लेक्सन जस्ता दुखाइ कम गर्ने औषधि नखाने, प्रशस्त मात्रामा पानी पिउने, तनाव कम लिने गर्नुपर्छ ।

    रातिको खाना सकेसम्म ७ बजेभन्दा अघि नै खाने, ढिलो हुन्छ भने पनि खाना खाएको एक घण्टासम्म ओछ्यानमा नपल्टिने, खाना खानेबित्तिकै हिड्नु पनि राम्रो होइन । खाना खाएपछि परिवारका सदस्यहरूसँग गफ गरेर बस्न सकिन्छ ।आजभोलि हामी पाँच मिनेटको बाटोमा पनि गाडी चढ्छौं, हिंड्न रुचाउँदैनौं । जसले गर्दा पाचन प्रणाली बिग्रिन्छ र ग्यास्ट्राइटिसको समस्या निम्तिन्छ । ग्यास्ट्राइटिस, मोटोपनलगायत अन्य समस्याबाट बच्न दैनिक आधाघण्टा देखि ४५ मिनेट हिंडडुल वा व्यायाम गर्ने गर्नुपर्छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ग्यास्ट्राइटिस छाती दुखाइ स्वास्थ्य
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.