


भैरहवा, १५ साउन । मंगलबार स्थानीय बजारमा सूनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला एक लाख ४६ हजार रूपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले घटेको छ। सोमबार प्रतितोला एक हजार सात सय ५० मा कारोबार भएको चाँदी मंगलबार एक हजार सात सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुस्

