
भैरहवा, १८ साउन । कपिलवस्तु जिल्लाको चन्द्रौटामा ग्रीन ज्याकपट क्यासिनो सञ्चालनमा आएको छ । भारतीय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले चन्द्रौटास्थित चारतारे सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोटमा आकर्षक गेमिङ सुविधासहित क्यासिनो संचालनमा आएको हो । कपिलवस्तुमा क्यासिनो संचालनमा आएको यो पहिलो हो । क्यासिनो संचालनमा आएसँगै पर्यटक आगमानमा वृद्धि हुने र चन्द्रौटा बजार थप चलायामन हुने विश्वास लिइएको छ ।
‘क्यासिनो संचालनमा आएलग्त्तै कृष्णनगर लगायत नाका भएर क्यासिनो खेल्न आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ’, क्यासिनोका अध्यक्ष राजकुमार भट्टराईले भने,‘पर्यटकको आगमानले हामीले मात्र नभई यहाँका अन्य व्यापार, व्यवसाय समेत फस्टाउने र यो क्षेत्र पर्यटन हबको रुपमा विकसित हुने विश्वास लिएका छौँ ।’ उनका अनुसार एक अर्ब रुपैयाँ लगानीमा संचालनमा आएको उक्त रिर्सोटमा प्रत्यक्ष ५ सय र अप्रत्यक्ष एक हजार जनालाई रोजगारी उपलब्ध गराउने गरी १५ करोड रुपैयाँ लगानीमा क्यासिनो संचालनमा ल्याइएको हो ।
Advertisement

Advertisement
Advertisement

क्यासिनोका म्यानेजिङ डाइरेन्टर राजिव आचार्यले प्रतिदिन पाँच सय भारतीय पर्यटकलाई सेवा दिनेगरी क्यासिनो सञ्चालनमा ल्याइएको बताए । चन्द्रौटा र कृष्णनगरलाई पर्यटकीय हवका रुपमा बिकास गर्न सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोटले क्यासिनो सञ्चालनमा ल्याइएको उनले बताए ।
यस अघि त्यसक्षेत्रमा पर्यटकहरुको मनोरञ्जनका लागि क्यासिनो थिएन । भारतीय पर्यटकहरु त्यहाँका विभिन्न नाका हुदै भैरहवा, तिलोत्तमा, नेपालगंज लगायत क्षेत्रका क्यासिनोमा जानुपर्ने बाध्यता थियो । तर, ग्रीन ज्याकपट क्यासिनो संचालनमा आएसँगै कपिलवस्तुको नाका हुदै मुलुकमा भित्रिने पर्यटकहरुलाई क्यासिनोमा मनोरञ्जनका लागि टाढा जानुपर्ने बाध्यता हटेको उनको भनाई छ ।

