
काठमाण्डौँ, २२ साउन । सरकारले नेपाल प्रहरीका एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदस्थापन र तीन जना एआईजीहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकलले एआईजी रामदत्त जोशीलाई पदस्थापन र एआईजीत्रय श्यामलाल ज्ञवाली, दीपक थापा, किरण बज्राचार्यको सरुवा गरेको सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआईजी दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ भने नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा रहेको एआईजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा ल्याइएको छ । त्यस्तै सीआईबीबाट एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा पठाइएको छ भने एआईजी जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन गरिएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement


