
काठमाडौं, २३ साउन। राष्ट्रिय किताबखाना (शिक्षक) को वेबसाइट ह्याक भएको छ । कार्यालयको वेबसाइट ह्याक भएको किताबखाना (शिक्षक) प्रमुख युवराज पौडेलले बताए । ‘दुई तीनदेखि साइट ह्याक भएको रहेछ प्राविधिकहरुले हेरिरहनुभएको छ,’ उनले भने ।
राष्ट्रिय किताबखाना (शिक्षक)ले सामुदायिक विद्यालयका शिक्षकको विवरण अद्यावधिक गर्छ । देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाखभन्दा बढी शिक्षकहरुको विवरण रहने निकायको वेबसाइट ह्याक भएको हो ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

