

काठमाडौं, २३ साउन । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुधवार एयर डाइनेस्टीको नाइएन एजेडी कलसाइन भएको हेलिकोप्टर काठमाडौंबाट रसुवा स्याफ्रुवेशीका लागि उडान भरेको केही मिनेटमै नुवाकोटको शिवपुरी गाउँपालिकामा दुर्घटना भएको हो।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार हेलिकोप्टरको क्याप्टेनसहित सवार ५ जनाको मृत्यु भएको छ । उनका अनुसार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट अरुण मल्ल, ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीया वु यीयाओ रहेका छन्। पाइलेट बाहेक अन्य चार जना चिनियाँ नागरिक हुन् ।
Advertisement

Advertisement
Advertisement
नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।
‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भई शिवपुरी गाउँपालिका वडा नं. ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको’, विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दार कार्यका लागि प्रभु हेलिकप्टरको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
हेर्नुहोस् नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्ति :






