
काठमाडौं,२३ साउन । सरकाले एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न जाँझबुझ आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँझबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । जसको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेका छन्।
आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने उनले बताए । बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको नाइएन-एजेडी कलसाइन हेलिकोप्टर बुधबार नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट अरुण मल्ला र चार जना चिनियाँ पर्यटकको मृत्यु भएको थियो। मृत्यु हुने चिनियाँ नागरिकमा ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीया वु यीयाओ रहेका छन्।
Advertisement

Advertisement
Advertisement


