
काठमाडौं, २४ साउन । नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । बुधवार १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बिहिवार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १७१० रुपैयाँ रहेको चाँदी बिहिवार १६९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

