
रौतहट, २४ साउन । रौतहट प्रहरीले प्रहरीको नाममा रकम असुली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका १ का २४ वर्षीय रमेश साह रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहले आफु सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै सर्वसाधरणलाई धम्क्याउँदै रकम असुल गर्ने गरेको पाइएकोले जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरी बनेर रकम असुली गरिरहेको सूचना प्रहरीलाई प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रनिगाहापुर नगरपालिका ९ डुमरिया चोकबाट मंगलबार राति पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार साहले बोकेको झोलाबाट सशस्त्र प्रहरी बलको पोशाक समेत बरामद भएको छ ।

