


भैरहवा, २५ साउन । गृह मन्त्रालयले नेपाल प्रहरीको प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) गैरहाजिर भएपछि स्पष्टिकरणसहित उपस्थित हुन उनको नाममा सूचना जारी गरेको छ ।
पर्साको साविक हरिहरपुर विर्ता- २ की प्रहरी निरीक्षक डा. प्रिति मिश्र नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल, रुपनी सप्तरीमा कार्यरत रहेको जनाइएको छ । ०८१ बैशाख १० गतेदेखि १५ दिन घरविदा स्वीकृत गराएर विदा बसेकोमा विदा भुक्तान गरी अस्पतालमा हाजिर हुन आउनुपर्नेमा आफुखुशी गैरहाजिर रहेकोले मन्त्रालयले शुक्रवार स्पष्टिकरणसहित उपस्थित हुन सात दिने सूचना जारी गरेको हो ।

‘…प्रक्रिया पुरा गरी सूचना टाँस भई सक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार प्रकाशित सूचनामा भनिएको छ’, बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टिकरण सहित कार्यालयमा हाजिर हुनु आउनु होला, अन्यथा प्रहरी नियमावली बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने कारवाही भइजानेछ…।’
हेर्नुहोस् गृहले प्रकाशित गरेको सूचना:


