


काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीसहितको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता गरेको हो।
भेटका क्रममा दुई पक्षीय हित र पारस्परिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल,नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलगायत उच्च अधिकारीहरू सहभागी थिए।

विदेश सचिव मिश्री परराष्ट्र सचिव लम्सालको निमन्त्रणामा आज काठमाडौं आएका हुन्। दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिश्रीले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

