


भैरहवा, २७ साउन । रुपन्देहीको तिलोत्तमामा रहेको यशोदा फुड्स प्रालिले बढी बुझाइएको रकम अग्रीम दाखिला रकममा कायम गरिदिन भन्दै नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । प्रा.लि.ले आइतबार दाखिला भएको रकम आगामी दाखिला गर्नुपर्ने महसुल रकममा हिसाब मिलान गर्नेगरी अग्रीम दाखिला रकममा कायम गरिदिन प्राधिकरणलाई पत्राचारमार्फत अनुरोध गरेको छ ।
कम्पनीले नेपाल विधुत प्राधिकरण नयाँमिल वितरण केन्द्र मणीग्राम, रुपन्देहीलाई पत्राचार गर्दै प्राधिकरणसगँ कहिले पनि ट्रंक/डेडिकेटेड लाइन माग नै नगरेकोमा अवस्थामा पनि लाइन लिएको भनी विशेष दर लगाई छुट प्रिमियम महसुल रकम माग गरी पत्राचार गरेकोमा असन्तुष्टि जनाएको छ ।

‘…पत्राचार प्रति उद्योगलाई चित्त नबुझेको, लाल आयोगको प्रतिवेदन र सिफारिस बमोजिम केही तिर्नुपर्ने बुझाउनुपर्ने सो तिर्न बुझाउन तयार रहेका छौं भन्दा पनि विवादित रकम तत्काल दाखिला गर्न अन्य अन्यथा लाइन काटिने तथा कानुन अनुसार भइजानेछ भनि प्राधिकरणबाट ताकेता आएको छ,’ कम्पनीद्धारा प्राधिकरणलाई लेखिएको पत्रमा भनिएको छ, ‘उद्योगले विभिन्न खाद्य वस्तु उत्पादन गरी बिक्री गर्दै आएको छ । बजारमा माग बढी रहेको विषयमा तत्काल मनन गरी माग बमोजिम उत्पादन बजारमा पूर्याउन नसकेमा बजारमा असर पर्ने कारणबाट उद्योग बाध्य भई केहि रकम दाखिला गरेको हो।’
उक्त रकम प्राधिकरणले ट्रंक/डेडिकेटेड लाईनको बिल रकमको रुपमा मिलान गरेको पाइएकोले माग नै नगरेको विधुत महसुलका सम्बन्धमा उद्योगको चित्त नबझुेको पत्रमा उल्लेख छ । कम्पनीले केही दिन अघि ४ लाख २५ हजार २ सय ३१रुपैयाँ प्राधिकरणलाई भुक्तान गरेको थियो । प्राधिकरणले उक्त रकम ट्रंक/डेडिकेटेड लाइनको बक्यौतामा हिसाब मिलान गरेको छ ।
हेर्नहोस् यशोदा फुड्सले प्राधिकरणलाई गरेको पत्राचार :


