
काठमाडौं, २८ साउन । नेपाल भ्रमणमा रहेका भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । सोमबार गृह मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार नेपाल आएका उनले सोही दिन प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुसँग भेट गरेका थिए । अफ्नो भ्रमण पुरा गरेर उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कमेन्ट गर्नुस्

