
भैरहवा, २९ साउन । रुपन्देही प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका-३ धकधईका २० वर्षीय शिवनाथ गौतम, भैरहवा-४ (परिवर्तित नाम), भैरहवा-७ (परिवर्तित नाम) रहेका छन् । आरोपी दुई जना नाबालक रहेकोले उनीहरुको नाम, ठेगाना सार्वजनिक गरिएको छैन ।
मोटरसाईकल चोरी भएपछि सवारीधनीहरुले दिएको उजुरीको आधारमा आवश्यक अनुसन्धान र खोजतलास गर्ने क्रममा चोरिएका तीन वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

उनले पक्राउ परेकाहरुको साथबाट लु ५० प ७६५, लु ३५ प ६३८८ र लु ४९ प ४२ नम्बर उल्लेखित मोटसाइकलहरु बरामद भएको बताए । पक्राउ परेकाहरुलाई रुपन्देही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

