
भैरहवा, १ भदौ । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । संगठनको १७ औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले संगठनले समयसापेक्ष कार्यक्रम गरेको बताए । उनले पछिल्लो समय रगतको माग बढेको सबैलाई रक्तदान गर्न आग्रह गरे । उनले भने, ‘स्वस्थ व्यक्तिले प्रत्येक ३–३ महिनामा रक्तदान गर्न सक्छन् । रगतले मानिसको ज्यान बचाउँछ ।’
Advertisement

Advertisement
Advertisement

रेडक्रस सोसाइटीले धेरैपटक रक्तदान गर्ने रक्तदाता र संघ–संघ संस्थालाई सम्मान गर्दै आएको उनले जानकारी दिए ।संगठनका कार्यसमिति सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक राम प्रसाद श्रेष्ठको स्वागत, वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा एकाईको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको उद्योग व्यापार संगठन, रुपन्देहीका सचिव तथा प्रवक्ता कृष्ण प्रसाद पाण्डेले जानकारी दिए ।

