
भैरहवा, १ भदौ । रुपन्देहीको भैरहवा क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउनका लागि अनुरोध गरिएको छ ।
शनिवार राति देखि भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सर्वसाधरणलाई मोबाइलमा सूचनामुलक म्यासेज पठाउँदै रोहिणी लगायत खोलामा पानीको बहाव बढ्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दाहरुले सतर्कता अपनाउनका लागि अनुरोध गरेको हो ।
Advertisement

Advertisement
Advertisement

विभागले पठाएको म्यासेजमा भनिएको छ– ‘पछिल्लो तीन घण्टामा रुपन्देही जिल्लाको भैरहवा वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भई बहने रोहिणी खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकोले नदी तटीय क्षेत्रमा रहनुहुनेहरुले सतर्कता अपनाऔँ ।’
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार पछिल्लो तीन घण्टामा भैरहवामा १४१.२ मिलिमिटर, तिलोत्तमामा ८४ मिलिमिटर, लुम्बिनीमा ११४ मिलिमिटर मापन गरिएको छ । यी क्षेत्रका तिनाउ नदीमा पानीको बहाव मापन गर्नका लागि यन्त्रहरु लगाइएको छ ।


