
चितवन, ६ भदौ। मकवानपुरमा भैंसीले बाघ मारेको घटना बाहिर आएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीमाथी आक्रमण गरेको थियो । जसको भैसीले प्रतिकार गर्दा बाघ मरेको बताइएको छ ।
बिहिवार बिहान भैँसीको प्रतिकारमा बाघ मरेको र बाघको आक्रमणबाट भैँसी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो ।
Advertisement

Advertisement
Advertisement

‘मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ’, उनले भने । शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

