
काठमाडौं, ६ भदौ। इसेवा र कुमारी बैंकबबीच ईसेवाका ग्राहकलाई इसेवा मोबाइल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्ने जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

इसेवाका अनुसार पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र इजी लोन सेवा उपलब्ध गराइएपनि भविष्यमा छिट्टै इसेवाका सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराईने छ । इसेवा मार्फत लिइने इजी लोन सुविधामा लागु हुने थप सर्तहरु बारे इसेवाको वोबसाईट/एप मार्फत जानकारी लिन सकिने पनि कम्पनीले जनाएको छ ।


