
चितवन, ७ भदौ । चितवन भरतपुर महानगरपालिका २९ स्थित सत्रकिलोमा भिरबाट बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर यात्रुवाहक बस पल्टिएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि मुग्लिङ नारायगढ सडकखण्डमा ढुंगा लागेर बस अनियन्त्रित भएर पल्टिदा बसमा सवार २५ जना यात्रुहरु घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
घाइते २५ जनामध्ये २ जनाको अवस्था गम्भीर भने बसमा ३५ जना यात्रु सवार भएको अनुमान गरिएको छ। घाइते हुनेहरुमा बारा निजगढ-८का २६ वर्षीया सबिना थापा, रौतहट चपुर-८ का ४६ वर्षीय जनक नारायण चौधरी र उनका छोरा १८ वर्षीय इनद्रजित चौधरी, रौतहट गौर-२ का १७ वर्षीया सन्ध्या साह, चितवन भरतपुर महानगर-२९ बस्ने २७ वर्षीया पूजा न्यौपाने, भरतपुर-२९ कै ४८ वर्षीया मनरुपा न्यौपाने र कास्कीको पोखरा महानगर-१७ का ४० वर्षीया सावित्री थापा मगर रहेका छन् । उनीहरुको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यस्तै रौतहट कटहरिया-१ का २५ वर्षीय सिनोज दास, रौतहट मंगलपुर-८ का २० वर्षीय लालबाबु दास, रौतहटकै वृन्दावन-६का २२ वर्षीय विक्रम दास, बसका सहचालक बारा निजगढ-५ का ४३ वर्षीय अर्जुन चौलागाइ, रौतहट गरूडा-४का २० वर्षीय पवन साह र गरुडा-७ बस्ने १५ वर्षीय अनोस साह, बाराको जितपुर सिमरा-१ का २४ वर्षीया उन्नती उपाध्याय र उनका श्रीमान अनदीप धिमाल रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी रौतहटको गढीमाई-६का ४८ वर्षीय शैलेन्द्र यादव, शैलेन्द्र यादवकी १८ वर्षीय छोरी अर्चना यादव, रौतहटको वृन्दावन- ६ बस्ने २२ वर्षीय दिनानाथ दास, रौतहटको परोहा-७ बस्ने ३४ वर्षीय मोहम्मद खैयाज, रौतहटको वृन्दावन-६ बस्ने १७ वर्षीय नौराज कुमार साह, रौतहटको गौर-५ बस्ने ५० वर्षीय नबिन कुमार केसरी, रौतहटको वृन्दावन-६ बस्ने १८ वर्षिय अजय कुमार दास, रौतहटको गौर-९का २१ वर्षीया ढली ठाकुर र उनकी बहिनी २० वर्षीया दिव्या ठाकुर सामान्य घाइते भएकी छिन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

