
भैरहवा, ७ भदौ। तनहुँको आँबुखैरेनीस्थित ऐना पहारा नजिक भारतीय नम्बरको बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना हुदाँ मृतकको संख्या १९ पुगेको छ । मृत्यु हुनेमा १३ जना महिला, ५ जना पुरुष र १ जना बालिका रहेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए । उनका अनुसार मृतकहरुको पहिचान खुल्न सकेको छैन ।
बसमा चालकदल सहित ४३ जना सवार थिए । जसमध्ये १९ जनाको मृत्यु भएको छ । अन्य घाइते छन् । घाइते भएको १२ जनाको उपचारका लागि नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत काठमाण्डौँ पठाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

शुक्रवार पोखराबाट काठमाण्डौं तर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस मस्र्याङ्दी नदीमा खसको थियो । दुर्घटनाको कारण खुलेको छैन । यूपीको गोरखपुरमा रहेको केसरवानी ट्रभाल्सबाट बुक गरिएको बसमा पर्यटकहरु नेपाल आएका थिए । बसमा सवार यात्रुहरु भारतको महाराष्ट्रको रहेको बताइएको छ । घटनाको जानकारी पश्चात भारतका महाराजगञ्जका एसडीएम नंदप्रकाश मौर्य, क्षेत्राधिकारी जय प्रकाश त्रिपाठी, तहसीलदार पंकज शाही, थानाध्यक्ष अंकित सिंहको टोली घटनास्थलतर्फ हिडेको भारतीय पक्षले जनाएको छ ।
दुर्घटना भएको उक्त बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पुरा गरी बेलहिया नाकाबाट मुलुकमा भित्रिएको भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाले जनाएको छ । उक्त बस भदौ ११ गते फर्किने गरी प्रवेश गरेको थियो । पर्यटकहरु भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुट धामको दर्शन गरी गोरखपुर हुदै नेपाल भित्रिएका थिए ।
हेर्नुहोस् बसमा सवार यात्रुहरुको नामवली:


