
पाल्पा, ८ भदौ । पाल्पा-बुटवल सडकखण्ड अन्र्तगत पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जसकारण दुवै तर्फ सवारीसाधनको आवगमन रोकिन पुगेको छ ।
पहिरो हटाउन सुरु गरिएपनि ठूला ढुंगासहित पहिरो खसेकोले केही समय लाग्ने पाल्पा प्रहरीले जनाएको छ । स-साना ढुङ्गा खस्ने क्रम जारी रहेको पहिरो हटाउन समस्या भइरहेको बताइएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

