
काठमाडौं, १० भदौ । ओमानका विदेशमन्त्री बद्र बिन हमाद अल्बुसैदी नेपाल भ्रमणमा आउन लागेका छन् । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको निमन्त्रणामा उनी दुई दिनको औपचारिक भ्रमणका लागि सोमबार आउन लागेका हुन् ।
भ्रमणको क्रममा दुई देशको सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री अल्बुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टचार भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

