
अछाम, १० भदौ । अछाममा नेपाली काँग्रेसका नेताहरुबीच मदिरा पार्टीमा कुटाकुट भएको छ । आइतबार राति जिल्ला समन्वय समितिको सरकारी निवासमा मदिरा सेवनको क्रममा नेपाली काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेसका जिल्ला प्रवक्ता पदम शाहबीच कुटाकुट भएको हो ।
दुवै जनाबीच कुटपिटको क्रममा शाहले मदिराको बोतल प्रहार गरेपछि कुँवरको टाउकोमा चोट लागेको र शाहको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार कुँवरको टाउकोमा ४ वटा टाँका लगाइएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कुटाकुट कुन विषयमा भएको भन्ने नखुलेको उनको भनाई छ । स्वास्थ्य परीक्षणमा दुवैजनाले मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

