
भैरहवा, ११ भदौ । रुपन्देहीको भैरहवा स्थित भैरहवा नमुना उच्च माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकले उपद्र मच्चाएपछि ड्युटीमा तैनाथ नेपाली सेनाका कर्मचारी सहित चार जना घाइते भएका छन् । मंगलबार भैरहवा उच्च माध्यमिक विद्यालयमा अध्यनरत विधार्थी र विधार्थीका अभिभावकबीच विवाद हुदाँ कुटपिटको घटना भएको विद्यालयका प्रधानाध्यापक चुन्नुप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार विद्यालयमा अध्यनरत छात्रालाई जिस्काएको विषयलाई लिएर अभिभावक र विद्यार्थीबीच सुरु भएको विवादले कुटपिटको घटना हुदाँ विद्यालयका कर्मचारी संजय गुप्तासहित केही घाइते भएका छन् ।‘अभिभावकले विद्यार्थीलाई हातपात गरेपछि मैले दुवैपक्षबीच मेलमिलाप गराइसकेको थिए’, उनले भने, ‘तर, फेरी घटना भएछ ।’
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रत्यक्षदर्शीका अनुसार विद्यालयसँगै टाँसिएर रहेको नेपाली सेनाको श्रीकाली भक्ति गणको गेटभित्र ड्युटीमा तैनाथ नेपाली सेनाका कर्मचारी पनि घाइते भएका छन् । अभिभावकलाई प्रहार गर्न खोज्दा सेनाका कर्मचारी घाइते हुन पुगेको बताइएको छ । घटनामा अन्य विद्यार्थीहरु पनि समान्य रुपमा घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घटनामा विद्यालयको कक्षा १० मा अध्यनरत प्रशान्त क्षेत्री, विद्यार्थीका अभिभावक सिद्धार्थनगर नगरपालिका–१३ का ३० वर्षीय निर्मल सुनार र सेनाका कर्मचारी २४ वर्षीया सरस्वती केवट घाइते भएको प्रहरी स्रोतले जनाएको छ । ‘प्रहरीहरु आउनु भएको थियो, घटनाबारे टिपोट गरेर जानुभएको छ’ प्रधानाध्यापक पाण्डेले क्लिक लुम्बिनीसगँ भने, ‘भोली दुई बजे प्रहरी कार्यालयमा छलफल राखिएको छ ।’

