
विराटनगर, १४ भदौ । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको पार्टीको प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । गत साउन ११ गते समर्थन कायमै राख्दै माओवादी सरकारबाट बाहिरिएको थियो ।
माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादी केन्द्रले दल र सांसदको तर्फबाट समर्थन फिर्ता लिएको बताए । एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की माओवादीकै समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका थिए ।
Advertisement

Advertisement
Advertisement

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस र एमालेको गठबन्धन बनेर माओवादी प्रतिपक्षमा पुगेको छ ।प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार माओवादीले समर्थन फिर्ता लिएको र कांग्रेसले समर्थन गरेको पत्र संसद सचिवालयलमा दर्ता भएको छ । तर, कांग्रेस हालसम्म प्रदेश सरकारमा सहभागी भएको छैन ।

