
बुटवल, १५ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १२ तले सुविधा सम्पन्न भवनमा स्तरोन्नती हुन लागेको लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशवासीका लागि गौरवको विषय भएको बताए । शनिवार लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशवासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न प्रदेश सरकार दृढ रहेको बताए ।
‘यो आयोजनालाइ उच्च प्राथमिकमा राखेर प्रदेश सरकारले चालु आर्थिक बर्षमा १ अर्ब ८० करोडको बजेट विनियोजन गरेको छ’,उनले भने, ‘प्रदेश सरकारले २४ अर्ब पुजिगत बजेटमा अस्पताल बाहेक ५ अर्ब ६५ करोड रुपैयाँ बजेट रुपन्देही जिल्लामा बिनियोजन गरेको छ । अब बजेटको सही कार्यान्वयन आवश्यकता छ । बजेटको सही कार्यान्वयनका लागि नागरिकतहबाट खबरदारी गर्न आवश्यक छ ।’
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रदेश सरकारले रुपन्देहीका नगरिकलाइ उच्च प्राथमिकतामा राखेर आर्थिक हव बनाउनेगरी महत्त्वपूर्ण योजना अघि बढाएको उनले जनाए । ‘रुपन्देहीलाई आर्थिक हवको रुपमा विकास गर्ने छौं । तिनाउ करिडोरमा नदि सभ्यतामा आधारित शहर र लुम्बिनी प्रदेशको पवित्र भूमिमा बौद्दिक सर्किट निर्माण गर्नेछौं’, उनले भने, ‘लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण समय अघिनै सम्पन्न हुने छ । हामी विश्वस्त छौं ।’
संघिय सरकारबाट गत बर्ष समानिकरण शिर्षकमा बजेट प्राप्त नहुदा झण्डै साढे २ अर्ब बजेट दायित्व प्रदेश सरकारलाई थपिएको भन्दै संघीय सरकारले बजेट पठाउनुपर्नेमा जोड दिए। ‘पाँच वटा मध्य चार वटा गौरवका आयोजनाको काम अघि बढेको छ । संघीय सरकारको साथ सहयोग प्रदेश सरकारलाई चाहिएको छ’, उनले भने, ‘गत बर्षको घाटापुर्ति गर्न संघीय सरकारले ध्यान दिनुपर्ने छ । घाटापुर्ति भएन भने प्रदेशका गौरवका आयोजना अप्ठ्यारोमा पर्ने जोखिम रहन्छ ।’
प्रदेशमा थालनी भएका गौरवका योजनालाई प्रदेश सरकारले ध्यान दिने उनको भनाई छ ।प्रदेश सरकार सुशासन र जवाफदेहीमा राम्रो अभ्यास थालेको जानकारी दिदै उनलेले प्रदेश सरकार नागरिकको सुझावको आधारमा अघि बढेको बताए । शनिबार नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अस्पताल भवनको शिलान्यास गरेका थिए ।

