Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मर्चवारका प्रदेश सांसदको चेतावनी : घटना दबाउन खोजिए आगो लगाउन बेर लगाउँदैनौँ
    राजनीति

    मर्चवारका प्रदेश सांसदको चेतावनी : घटना दबाउन खोजिए आगो लगाउन बेर लगाउँदैनौँ

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ भाद्र १६, आईतवार १४:१६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १६ भदौ । रुपन्देहीको मर्चवार क्षेत्र ४ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य कन्हैया कुमार बनियाले बलात्कार प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

    सामाजिक संजाल फेसबुकको मा.कन्हैया बनिया निजी सचिवालय नामक पेजमा पोष्ट गरिएको विषयलाई आफ्नो वालमा शेयर गर्दै उनले अपराधिक घटनाको निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    मर्चवार क्षेत्रको एक युवतीले आफुसगँ जबरजस्ती करणी भएको भन्दै प्रहरी कार्यालयमा जोहरी दिएकी छिन् । जस अनुसार प्रहरीले घटनामा संग्लन आरोपमा तीन जनालाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

    यद्यपी घटनालाई दबाउन खोजिएकोतर्फ इंगित गर्दै प्रदेश सांसद बनियाले सामाजिक संजाल मार्फत चेतवानी दिदै भनेका छन्– ‘बहिनी निर्मला पन्त जस्तै हाम्रो मर्चवारको चेलीबेटी माथी भएको अत्याचार र हिंसालाई लुकाउन, दबाउन वा अन्य कुनै अनैतिक कार्य गरेको थाहा पाईएमा आगो लगाउन बेर लगाइने छैन । सम्पूर्ण सरोकारवालालाई अवगत गराउन चाहन्छौं ।’

    प्रहरीले घटनामा संग्लन आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका कार्यालयको प्राविधिक सहायक (शिक्षा) ३२ वर्षिय मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका ३५ वर्षिय छोरा बंटी भन्ने शैलेश पाण्डेलाई पक्राउ गरेको छ ।

    युवतीले शनिवार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । घटना गत भदौ ५ गतेको बताइएको छ । तालिममा सहभागी गराउने भन्दै युवतीलाई होटलमा पुराएर जबरजस्ती करणी गरिएको ती व्यक्तिहरुमाथी आरोप छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध कन्हैया बनिया कोटहीमाई गाउँपालिका जबरजस्ती करणी नेपाल प्रहरी मर्चवार
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    २०८३ कार्तिक ११, मंगलवार १२:३८ गते

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.