
भैरहवा, १६ भदौ । रुपन्देहीको मर्चवार क्षेत्र ४ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य कन्हैया कुमार बनियाले बलात्कार प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
सामाजिक संजाल फेसबुकको मा.कन्हैया बनिया निजी सचिवालय नामक पेजमा पोष्ट गरिएको विषयलाई आफ्नो वालमा शेयर गर्दै उनले अपराधिक घटनाको निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
Advertisement

Advertisement
Advertisement

मर्चवार क्षेत्रको एक युवतीले आफुसगँ जबरजस्ती करणी भएको भन्दै प्रहरी कार्यालयमा जोहरी दिएकी छिन् । जस अनुसार प्रहरीले घटनामा संग्लन आरोपमा तीन जनालाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
यद्यपी घटनालाई दबाउन खोजिएकोतर्फ इंगित गर्दै प्रदेश सांसद बनियाले सामाजिक संजाल मार्फत चेतवानी दिदै भनेका छन्– ‘बहिनी निर्मला पन्त जस्तै हाम्रो मर्चवारको चेलीबेटी माथी भएको अत्याचार र हिंसालाई लुकाउन, दबाउन वा अन्य कुनै अनैतिक कार्य गरेको थाहा पाईएमा आगो लगाउन बेर लगाइने छैन । सम्पूर्ण सरोकारवालालाई अवगत गराउन चाहन्छौं ।’
प्रहरीले घटनामा संग्लन आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका कार्यालयको प्राविधिक सहायक (शिक्षा) ३२ वर्षिय मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका ३५ वर्षिय छोरा बंटी भन्ने शैलेश पाण्डेलाई पक्राउ गरेको छ ।
युवतीले शनिवार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । घटना गत भदौ ५ गतेको बताइएको छ । तालिममा सहभागी गराउने भन्दै युवतीलाई होटलमा पुराएर जबरजस्ती करणी गरिएको ती व्यक्तिहरुमाथी आरोप छ ।


