


भैरहवा, १८ भदौ। प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्। सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन्।
परिवारसगँ वर्षौ अघि विच्छेद भएका प्रकाशलाई ‘हेर्ने कथा’ को टिमले पुर्नमिलन गराएको थियो । नागरिकता समेत प्राप्त नगरेको प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले उनको घर भोजपुर षडानन्द नगरपालिक (१० छाप्लेगाउँमा पुगेर नागरिकता दिएका थिए ।

प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताएका छन्।
कमेन्ट गर्नुस्

