
भैरहवा, १९ भदौ। लुम्बिनी प्रदेश सरकारले आइतबार ६ जिल्लामा सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले बड्का अत्तवारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक विदा दिएको हो ।
मन्त्रालयको भदौ १९ गतको निर्णय अनुसार बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी (ब.सु.प) मा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । थारू समुदायहरुले मनाउने बड्का अत्तवारी पर्व यस बर्ष भदौ २३ गते आइतबार मनाइनेछ ।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् सूचनाः

कमेन्ट गर्नुस्

