


भोजपुर, २१ भदौ। नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले दसैं-तिहार पर्वको समय पश्चात केपी ओली नेतृत्वको सरकार ढल्ने दावी गरेका छन् ।
भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले वर्तमान सरकार बनेको आरोप लगाउँदै उनले प्रथम दिनबाटै चरम विवादमा पर्दै आएकोले दसैं-तिहार पर्वपछि सरकार ढल्ने दावी गरेका हुन् ।

अखिल क्रान्तिकारी भोजपुरको १४ औँ जिल्ला सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने ‘अब यो सरकार दसैँ–तिहार मनाउँछ अनि आफै ढल्छ कसैले ढाल्नु पर्दैन।’
पूर्व पर्यटनमन्त्री समेत रहेका उनले सरकारले साझा नीति कार्यक्रम ल्याउन नसकेर कुहिरोको काग जस्तै बनेको आरोप लगाए । माओवादी केन्द्रको अबको बाटो एकताबद्ध, रूपान्तरण, संविधानको कार्यान्वयन र भ्रष्टाचार विरोधी सशक्त आन्दोलन तर्फ केन्द्रित हुने उनको भनाइ थियो ।

