
भैरहवा,२३ भदौ। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । गत भदौ ६ गते प्रदेश सरकारले पूर्वबिशिष्ट व्यक्तिहरुले पाउदै आएको सेवा-सुविधा फिर्ता लिने निर्णय गरेपछी पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका हुन् ।
पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी बिहिवार मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको बरिष्ठ शाखा अधिकृत देवीराम भण्डारीले जानकारी दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले फजुल खर्च घटाउने योजना अनुसार पूर्वबिशिष्ट व्यक्तिलाई दिदैँ आएको सेवासुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताएका थिए । ०७९ भदौ ३१ गते प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवा-सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।
जसअनुसार पूर्वमुख्यमन्त्रीसहित बिशिष्ट व्यक्तिहरुले सरकरारी कोषबाट सेवा-सुविधा लिदै आएका थिए । जसलाई लुम्बिनीका मुख्यमन्त्रीले काउन्टर दिदै निर्णय खारेज गराएका छन् । प्रदेशका पूर्वबिशिष्ट व्यक्तिहरुले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा लिदै आएका थिए। प्रदेश सभाका पूर्वसभामुख पूर्णबहादुर घर्ती मगरले पनि सरकारी कोषको ढुकुटी रित्याउँदै सरकारी गाडी प्रयोग गर्दै आएपनि हालसम्म फिर्ता गरेका छैनन् ।

