

भैरहवा,२६भदौ । मिस युनिभर्स नेपालको ताज सम्पदा घिमिरेले पहिरिइन सफल भएकी छिन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।
२२ जना प्रतिस्पर्धीलाई पछि पार्दै २७ वर्षीया सम्पदाले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन्। उनलाई आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले ताज पहिराइदिइन् ।
Advertisement

Advertisement
Advertisement
अब उनले मेक्सिकोमा हुने ७३ औं मिस युनिभर्स ग्लोबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन्। त्यस्तै फिनालेमा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करिन मुर्रे र चौथो रनरअर सुजल बम भए।
ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनले आफू पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्ने बताएकी छन्।





