


भैरहवा,२६भदौ । मिस युनिभर्स नेपालको ताज सम्पदा घिमिरेले पहिरिइन सफल भएकी छिन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।
२२ जना प्रतिस्पर्धीलाई पछि पार्दै २७ वर्षीया सम्पदाले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन्। उनलाई आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले ताज पहिराइदिइन् ।

अब उनले मेक्सिकोमा हुने ७३ औं मिस युनिभर्स ग्लोबलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन्। त्यस्तै फिनालेमा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करिन मुर्रे र चौथो रनरअर सुजल बम भए।
ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनले आफू पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्ने बताएकी छन्।

