
धनगढी,२९भदौ। नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले भीम रावलका कारण सुदूरपश्चिमको पार्टीमा समस्या भइरहेको आरोप लगाएका छन् ।
नेकपा एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘भीम रावलको समस्या पार्टीको माथिल्लो निकायमा हो। तर, उहाँ तलतल आउनुभयो। जसका कारण सुदूरपश्चिममा पार्टीभित्र समस्या देखियो।’ उनले रावल प्रदेशमा आएर गुट बनाउँदै हिडेको आरोप छ।
Advertisement

Advertisement
Advertisement

उनले रावलले जिल्लाहरुमा गएर गुटको भेला गरेर नेता कार्यकर्ताहरुलाई भड्काउने गरेको भन्दै पार्टी नेतृत्वसगँ समस्या भए नेतृत्वसँगै गएर समाधान गर्नुपर्नेमा तल आएर गरेको गतिविधीले पार्टीमा बिग्रन थालेको बताए ।
उनले पार्टीले ‘मिसन ८४’ भन्ने नारा ल्याए पनि पार्टीभित्रको आन्तरिक एकता यस्तै रहेमा उक्त मिसन सफल नहुने बताए।
सल्लाहकार परिषदले पार्टीत्रित्रको अन्तरविरोध पहिचान गर्ने, पार्टीभित्रका गुटहरू कुनैका पक्षमा पनि नलागेर स्वतन्त्ररूपमा त्यसको समाधान गरी आन्तरिक एकता बढाउने कार्य गर्नुपर्ने नेता भट्टको भनाइ थियो।

