
भैरहवा,३१भदौ। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लमको १४९९ औँ जयन्तीको अवसरमा भैरहवामा आयोजित र्याली कार्यक्रममा भएको फोहोर सहभागी युवाहरुले आफै उठाएर सरसफाई गरेका छन्।
हजारौँको संख्यामा र्यालीमा सहभागी सर्वसाधरणलाई पानी, मिठाई बिस्कुट वितरण गरिएको थियो । जसक्रममा विभिन्न स्थानमा फोहोर भएको थियो । र्याली पश्चात स्थानीय मेराज खानको नेतृत्वमा र्यालीमा सहभागी युवाहरुले मिलन चोक, बुद्ध चोक, बैंक रोड लगायतस्थानमा यत्रतत्र फालिएका पानीका बोतल, मिठाइका डब्बा लगायत भएका फोहोर उठाएर सफा गरेका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement


कार्यक्रमको क्रममा बजारमा फोहोर भएपछि नगरवासीको कर्तव्य बोध गर्दै आफु युवाहरुले मिलेर फोहोर उठाएको युवा खानले बताए ।
‘सहर सफा रहनपर्छ । कार्यक्रममा हामीहरुबाटै फोहोर भएपछि हामीहरुले नै सफा गर्नुपर्छ’ सिद्धार्थनगर नगरपालिका-९ का स्थानीय मेराज खानले भने, ‘साँझ वा बिहानैसम्म फोहोर सडकमै रहे राम्रो देखिदैनथ्यो । त्यसैले हामीले तत्काल सकेसम्मको फोहोर उठाएर सफा गरेका हौँ ।’



