
भैरहवा,२असोज। स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ। बुधवार अयोगले विज्ञप्ति जारी गर्दै स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने दलले असोज १० गते देखि १६ गतेसम्म दल दर्ता गर्न सकिने जनाएको छ।
यस्तै असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गते निर्वाचन कार्यक्रम सञ्चाल गर्ने विज्ञप्तिमा उल्लेख छ। सरकारले स्थानीय तह उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ।
हेर्नुहोस् विज्ञप्तिः


