Close Menu
    What's Hot

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    अर्थ

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते0
    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस
    समाचार

    रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ आश्विन ३, बिहीबार २२:४९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३ असोज । रुपन्देहीको रोहिणी गाउँपालिकामा विभिन्न कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस मनाइएको छ। दिवसको अवसरमा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विभिन्न प्रतियोगिता, सम्मान, शैक्षिक बहस एवं पुरस्कार वितरण गरेको छ ।

    रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षकहरुबीच मैत्रीपूर्ण ज्ञान आदानप्रदान, माध्यमिक तहका विद्यार्थीहरुबीच प्रतिष्र्धात्मक हाजिरीजवाफ प्रतियोगिता, विद्यालयस्तरीय शिक्षक वक्तृत्वकला प्रतियोगिता र माध्यमिक तह विद्यार्थीस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जसअन्तर्गत माध्यमिक विद्यालयस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगितामा बगहा माध्यमिक विद्यालय प्रथम, बुद्ध त्रिवेणी पब्लिक हाई स्कूल द्वितीय र श्री छिपागढ माध्यमिक विद्यालय तृतीय भएका छन् ।

    त्यस्तै विद्यालयस्तरीय शिक्षक वक्तृत्वकला प्रतियोगितामा श्री राम नरेश यादव आदर्श नमूना माविका चन्द्रमणी बस्नेत प्रथम, पोखरभिण्डी माविका पुनम क.सी. द्वितीय र बोदवार मा.वि.का रामराज गौतम तृतीय हुनुभएको निर्णायक मण्डलका संयोजक तथा श्री पशुपति मावि तिलोत्तमाका प्रधानाध्यापक वेदनारायण भट्टराईले जानकारी दिए ।

    यस्तै माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा युनिक होम्स ईङलिस बोर्डिङ स्कूलकी सिर्जना उपाध्याय प्रथम, बगहा माविकी अम्विया खातुन द्वितीय र पोखरभिण्डी माविकी सायमा खातुन तृतीय भएको रोहिणी गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले जानकारी दिए ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने शिक्षकहरुलाई क्रमश १० हजार, ८ हजार र ६ हजार रुपैयाँ तथा विद्यार्थीहरुलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार तथा मेडल तथा ट्रफी प्रदान गरिएको छ। विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कार वितरण गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षाको विकासका निम्ति गाउँपालिका लागिपरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।

    गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले रोहिणी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस भव्य रुपमा मनाएको बताइन् । उनले शिक्षाको विकासले समग्र विकास हुने बताइन् । प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले शिक्षा विकासको आधारस्तम्भ भएको बताए । उनले शिक्षाको विकास बिना पालिकाको समग्र विकास हुन नसक्ने बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री ताहिर अलीले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले शिक्षामा धेरै भन्दा धेरै बजेट विनियोजन गर्न आग्रह गरे ।

    जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता सतिशचन्द्र मिश्राले यस्ता कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकालाई आग्रह गरे । उनले भने, ‘गाउँपालिका अध्यक्ष र टीमले शिक्षाको विकासमा धेरै चासो राख्नुभएको छ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’

    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त) ले शिक्षाको गुणस्तर सुधार्न गाउँपालिका लागिपरेको र यो सराहनीय कार्य भएको बताए । उनले रोहिणीलाई शिक्षामा नमूना गाउँपालिका बनाउनुपर्नेमा जोड दिए ।

    श्री पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद धवलले सबैले सहकार्य गर्दै अघि बढे शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने बताए । श्री सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक धनेश्वर कंवरले शिक्षकलाई मात्र दोष दिएर नहुने बताए ।

    गाउँपालिकाको शिक्षा समिति सदस्य तथा युनिक होम्स इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल मनोज कुमार यादवले गाउँपालिकाको पाइलामा आफूहरुको साथ र सहयोग रहने प्रतिवद्धता जनाए । कार्यक्रममा उत्कृष्ट शिक्षक, सहायक कर्मचारी, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कार्यालय सहयोगी लगायतलाई सम्मान गरिएको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    राष्ट्रिय शिक्षा दिवस रोहिणी गाउँपालिका विद्या प्रसाद यादव
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.